कुकुर र बाँदर भगाउन विमानस्थलमा सेक्यूरिटी गार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:11:37 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्यूरिटी गार्ड खटाइएको  छ ।

जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय गतिविधिमा समेत निगरानी गर्ने उद्देश्यले विमानस्थलमा गरुड सेक्यूरिटीबाट ५ जना सुरक्षा गार्ड खटाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्ययले जानकारी दिए ।

यी सुरक्षा गार्डले शनिबारबाटै काम थालेका छन् । भुस्याहा कुकुर र बाँदर नियन्त्रण तथा व्यवस्थापनमा महानगरपालिका, नेपाली सेना, प्रहरीको समेत सहयोग नपाएपछि विमानस्थलमा आफैंले सेम्यूरिटी गार्ड खटाउने निर्णय गरिेको थियो ।

उपत्यका भित्र भुस्याहा कुकुर ब्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको भए पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा समेत कुकुर सजिलै प्रवेश गर्छन् ।

चरा धपाउन ५ सिकारी

यसअघि विमानस्थलको धावनमार्गसहित भित्री भागमा चरा र बाँदर धपाउन ५ जना सिकारी खटिएका छन् । यी कर्मचारी वन मन्त्रालयबाटै विमानस्थलमा खटिएका हुन् ।

अहिले खटिएका गार्डले भने विमानस्थलको बाहिरी क्षेत्रबाटै भुस्याहा कुकुर र बाँदरको प्रवेश रोक्नेछन् । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved