४५० भन्दा बढी युवा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:23:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् ।  शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।

नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग ९वाईसीएल०मा प्रवेश गर्नुभएको छ ।  विकको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले स्वागत गर्नुभयो ।

स्वागत कार्यक्रममा इन्चार्ज थापाले सम्पूर्ण नेपाली जनता अग्रगमनको पक्षमा ध्रुवीकरण हुनु जरुरी रहेको बताउनुभयो ।  वाईसीएलको महाधिवेशन आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved