बाढीमा मरे दुर्लभ वन्यजन्तु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 06:56:29 AM मा प्रकाशित

laxmi  sunrise bank

लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका वन्यजन्तु समेत मरेका छन् ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तु बाढी र डुबानका कारण मरेको जानकारी दिनुभयो ।
चितवनमा एकसिङ्गै गैँडाको दुई वर्षको बच्चालाई नारायणी नदीले बगाएपछि मृत्यु भएको छ भने बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रका तीन दर्जनभन्दा बढी कृष्णसारलई बाढीले बगाएको छ ।  चिवनमा नारायणी र राप्ती नदीमा आएको बाढीले अझ बढी वन्यजन्तु मरेको हुन सक्ने विभागले अनुमान गरेको छ ।  बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र जान सक्ने अवस्था नरहेकाले त्यहाँभित्र कति वन्यजन्तु मरे भन्न सक्ने अवस्था अझै नरहेको निकुञ्जका अधिकारीहरूले बताए ।  चितवनमा दर्जनौँ मृग, हरिण, जरायो, बँदेल लगायतका वन्यजन्तु बगाएर मरेका हुन सक्ने आशङ्का गरिएको छ ।  सौराहामा डुबान हुँदा हात्तीसारका हात्तीलाई पनि सुरक्षित स्थानतर्फ लगिएको छ ।
कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले बाढीले ३० देखि ४० वटा कृष्णसार बगाएको जानकारी दिनुभयो । त्यहाँ २७५ वटा कृष्णसार रेकर्ड गरिएको थियो ।  बाढीले बगाउनु केही दिनअघि त्यहाँ चितुवाले तीन वटा कृष्णसार खाएको थियो ।  कृष्णसार नेपालको संरक्षित जनावर हो भने यो जनावर नेपालको बर्दियामा मात्र संरक्षण गररे राखिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रमेशकुमार थापाले कर्णाली र बबई नदीमा आएको बाढी र जङ्गलमा भएको डुबानबाट वन्यजन्तु तथा अन्य जैविक विविधता नोक्सानी भएको हुन सक्ने बताउनुभयो ।  उहाँले बाढीपछि आएको पहिरोले बबई उपत्यका नजिकको रातामाटे पोस्टमा क्षति पु¥याएको जानकारी दिनुभयो ।  पोस्टमा क्षति पुगेपछि कार्यरत कर्मचारी तथा सुरक्षामा खटिएका सैनिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
कोसी नदीमा आएको बाढीले कोसी टप्पु क्षेत्रमा संरक्षण गरिएका अर्नालाई बगाएको अनुमान गरिएको छ ।  आरक्ष कार्यालयले अर्नाको बासस्थान समेत डुबानमा परेकाले त्यहाँ ठूलै क्षति भएको अनुमान गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले राप्ती र बबईमा आएको बाढीले निकुञ्जमा क्षति नभएपनि चुरे क्षेत्रमा आएको खोलाले व्यापक कटान गरेको जानकारी दिनुभयो ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved