बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 07:10:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको  छ । प्रभावित जिल्लाका दैवीप्रकोप समितिबाट माग नआएको भन्दै मन्त्रालयले राहत प्याकेज विभिन्न स्थानमा रहेका खाद्य संस्थान र साल्ट ट्रेडिङका गोदाममा थन्क्याएको हो । ‘बाढीपीडितलाई तत्कालै राहत सामग्री उपलब्ध गराउन आइतबार नै प्याकेज तयार गर्‍यौं तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै आएन,’ मन्त्रालयका सचिव प्रेम राईले भने ।

राहत प्याकेज
सचिव राईका अनुसार मन्त्रालयले बाढीबाट प्रभावित ५० हजार परिवारलाई वितरण गर्न चामल, सिमी दाल, नुन र खानेतेलसहितको ‘राहत प्याकेज’ बनाएको छ । मन्त्रालयले प्रत्येक परिवारका लागि ३० किलो चामल, दुई किलो कर्णालीको सिमी दाल, एक किलो नुन र एक लिटर खानेतेलको प्याकेज तयारी अवस्थामा राखेको हो । ‘५० हजार पीडित परिवारका लागि राहत सामग्री तयारी अवस्थामा राखेका छौं, माग आउनेबित्तिकै परिचालन गर्छौं’, सचिव राईले सोमबार भने ।

राहत पुर्‍याउन ढिलाइ
बाढीका कारण तराईका १८ सहित २२ जिल्लाका सर्वसाधारण तत्कालीन राहत सामग्रीको पर्र्खाइमा छन् । आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारले बाढी प्रभावित जिल्लाको दैवीप्रकोप समितिबाट द्रुतगतिमा माग नआउँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन ढिलाइ भएको जानकारी दिए ।

‘जे-जति परिमाणमा राहत सामग्री तयार भएको थियो, त्यो तत्कालै वितरणका लागि परिचालन हुनुपर्ने थियो । म आफैँ विराटनगरलगायत क्षेत्रका पीडितको घरदैलोमा पुगेर राहत सामग्री छिटो उपलब्ध गराउने आश्वासन दिएको छु । आफैँ पुगेको स्थानमा दैवीप्रकोप समितिलाई परिचालन गरी राहत वितरण गर्न लगाएको छु तर तयारी अवस्थामा रहेको राहत प्याकेज वितरणका विषयमा दैवीप्रकोप समितिबाट माग नै नआएको जानकारीमा आएको छ ।’  -शिवकुमार मण्डल, आपूर्तिमन्त्री  । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved