चौधरी ग्रुपद्वारा राहत, यादव परिवारलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 06:28:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ ।सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको बताइएको छ ।

सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिए ।

यस्तै, एक हप्ता अगाडि सप्तरीको राजविराज–१५ स्थित खाँडो नदीमा देउरी भरुवाबाट बगेर बेपत्ता भएका डोमी यादवको परिवारलाई राष्ट्रिय जनता पार्टीले आर्थिक सहयोग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved