प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 06:34:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमण गर्न चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिनुभएको हो ।

उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा चिनियाँ सरकारी प्रतिनिधि मण्डल नेपाल भ्रमणमा छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार चीनको निम्तोप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले उपयुक्त समयमा चीन भ्रमणमा जाने जानकारी उपप्रधानमन्त्री वाङलाई दिनुभएको छ । भेटको क्रममा दुई पक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको जानकारी दिँदै डा. भट्टराईले सम्बन्ध अझ सुदृढ गर्नेबारे छलफल भएको बताउनुभयो ।
उपप्रधानमन्त्री वाङले चीन सधैँ नेपालको राजनीतिक स्थायित्व र विकासको पक्षमा उभिएको स्पष्ट पार्दै चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’
(बीआरआई) कार्यान्वयनबारे चासो राख्नुभएको थियो । ‘नेपालले विगतदेखि लिएको निरन्तरको परराष्ट्र नीतिको उहाँले प्रशंसा गर्नुभयो,’ भेटका क्रममा भएको छलफलबारे जानकारी दिँदै डा. भट्टराईले भन्नुभयो, ‘सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानेबारे छलफल भयो । ’
नेपालले लिँदै आएको एक चीन नीतिप्रति चिनियाँ पक्षले प्रशंसा गरेको थियो । चिनियाँ प्रतिनिधि मण्डलले चीन नेपालजस्ता छिमेकीहरूसँगै अघि बढ्न चाहिरहेको बताउँदै दुई देशको सम्बन्धलाई अझ फराकिलो बनाउन व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई थप बढाउँदै लानुपर्नेमा जोड दिएको थियो । छलफलमा नेपालको ऊर्जा, पूर्वाधार विकासमा चिनियाँ लगानी, अन्तरदेशीय रेल सञ्चालन लगायतका विषयमा पनि छलफल भएको थियो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved