‘हिउँदमा लोडसेडिङ हुन नदिन सबै प्रयास गरिने’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 06:37:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी १० वर्षभित्र १२ हजार मेगावाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधार संरचना निर्माणको योजना बनाएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुधबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विद्युत् उत्पादनमा सबैको सहयोगको अपेक्षा राख्दै प्रसारण लाइन र ठूला परियोजना निर्माणमा प्राथमिकता दिने बताउनुहुँदै मन्त्री शाहीले कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण लाइन निर्माण गरिसक्ने समेत घोषणा गर्नुभयो । ‘जलस्रोतको उपयोग गरौँ, राष्ट्रलाई समृद्ध बनाऔँ’ भन्ने नारा दिएर सार्वजनिक गरिएको श्वेतपत्रमा जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी त्यस्ता ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइनेसमेत बताउनुभयो ।
आगामी दुई वर्षभित्र प्राधिकरण र निजी क्षेत्रबाट कम्तिमा छ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने अपेक्षासमेत गरिएको छ । श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री शाहीले भन्नुभयो, यो लक्ष्य पूरा गर्न सबैको आवश्यक सहयोग चाहिएको छ । विशेष गरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको भेटिएमा ठाउँको ठाउँ कारबाही गरिने छ ।
उहाँले आगामी हिउँदमा पनि लोडसेडिङ हुन नदिन सबै प्रयास गरिने बताउनुभयो । उहाँले बिजुली सहज आपूर्तिका सबै विकल्पको प्रयोग गरिने दाबी गर्दै आगामी हिउँदमा घरेलु प्रयोगमा मात्र नभई औद्योगिक प्रयोगका लागि समेत बिजुली कटौती नगरिने बताउनुभयो ।
प्राधिकरण भित्रको सरुवा, बढुवालाई पनि व्यवस्थित बनाउने योजना सुनाउँदै मन्त्री शाहीले भन्नुभयो, मन्त्री तथा नेताको सोर्सफोर्स लगाएर सरुवा र बढुवा खोज्नेको अब समय छैन । त्यसलाई सरुवा बढुवा हुनेभन्दा कारबाही गरिनेछ । विद्युत् चुहावट समस्या नियन्त्रण गर्न विशेष अभियान चालिने समेत श्वेतपत्रमा उल्लेख गरिएको छ । हालको चुहावट २३ प्रतिशतलाई कार्ययोजना बनाएर १८ प्रतिशतमा झार्नेसमेत उहाँले दाबी गर्नुभयो ।
हालै संसद्ले पारित गरेको विद्युत् नियमन आयोगको ऐन तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि श्वेतपत्रका उल्लेख गरिएको छ । त्यसैगरी राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र २०७२ र नेपालको पानी जनताको लगानी २०७३ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने पनि मन्त्री शाहीले सो अवसरमा जानकारी दिनुभयो ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाइने, प्राधिकरणद्वारा हाल निर्माण भइरहेका महìवाकांक्षी योजनालाई प्राथमिकताको साथ कार्यान्वयन गरिने, विद्युत् खरिद बिक्रीलाई सहज बनाउन समानुकुल हुने गरी प्रक्रियालाई सरलीकरण गर्ने, गुणस्तरीय तथा भरपर्दाे विद्युत् सेवा उपलब्ध गराउन, ऊर्जा सुरक्षाको सुनिश्चिता गर्न तथा विद्युत् आत्मनिर्भर हुने दीर्घकालीन रणनीति तयार गरिनेसमेत श्वेतपत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरणको एकमात्र भार प्रेषण केन्द्रलाई स्तरोन्नति तथा विस्तार गरी क्षेत्रीय भारप्रेषण केन्द्र स्थापाना गरिने, बिजुलीको सहज, सुरक्षित र आधुनिक सेवा प्रदानका लागि अनलाइन भुक्तानी सेवा, रिचार्ज कार्ड भुक्तानी र बिलको कुनै पनि शाखाबाट महसुल भुक्तानी गर्ने प्रणालीको विकास गरिने समेत श्वेतपत्रमा उल्लेख गरिएको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved