रौतहट, बारा, हेटौडा - रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् ।
उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन् । चार दिन बितिसक्यो त सरकार आयो न त कुनै संघसंस्था उनले दुखेसो पोखिन् चामल धान, गहुँ र कपडा सबै बगायो, अब बाँच्ने आधार छैन ।
बाढीले उक्त वडाका १ सय परिवार विस्थापित भएका छन् । गाउँमा नयाँ मान्छे आउनेबित्तिकै राहत पाउने आसमा झुम्मिहाल्छन् उनीहरु । यो खबर आजको कान्तिपुरमा छ ।