‘सबै माओवादी एक हुन्छन्’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 06:25:11 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना माओवादीहरु केहि दिनभित्रै पुन: एकिकृत हुने दावी गरेका छन् ।

सहिद चन्देश्वर मण्डलको बाह्रौ स्मृति दिवसको अवसरमा आयोजित आमसभा तथा मण्डलसहितका पाँच सहिदको प्रतिमा अनावरण कार्यक्रमलाई संवोधन गर्दै दाहालले भने, ‘ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको कारणले आएको हो । अग्रगमनका सूत्रधारहरु एकवद्ध हुनुको विकल्प छैन ।’

उनले एमालेबाट माओवादी केन्द हुँदै बाबूराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा गएका पूर्व मन्त्री रामचन्द्र झा, पूर्व सभासद रामकुमार शर्मा तथा पूर्वमन्त्री महेन्द्र पासमानलगायतका पूर्व माओवादीहरु यथाशिघ्र माओवादी केन्द्रमा प्रवेश गर्ने घोषणा गरे ।

मुलुकमा पहाड र मधेसको नाममा दुई अतिवाद हावी रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी दुबै अविादको विपक्षमा खडा रहेको बताए । मधेसीलाई हेप्ने पहाडे तथा पहाडेलाई हेप्ने मधेसी दुबै अतिवादको विरुद्धमा रहेको उल्लेख गर्दै भने, ‘हामी तराई, पहाड र हिमाललाई एकिकृत गर्ने अभियानमा लागेका छौं ।’

आफ्नो पार्टी संविधान संशोधनसंगै मधेसको पहिचान तथा अग्रगमनको पक्षमा रहेको दावी गर्दै उनले असोज २ गते हुने स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दावीसमेत गरे ।

जनमुक्ति चौकका पाँच सहिद

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार मिथिलेश्वर गाउँको जनमुक्ति चौकमा निर्मित पाँच सहिदको प्रतिमा अनावरण गरेका छन् ।

नवनिर्मित सहिद स्मृति पार्कमा सहिद चन्देश्वर मण्डलसहित क्रान्ति भन्ने दीपनारायण दाहा, बेचन यादव, सुन्दर साह, देवनारायण प्रतिहस्तलगायतका माओवादी सहिदहरुको प्रतिमा राखिएको छ ।

प्राध्यापकको जागिर छाडेर एमालेमार्फत राजनीतिमा प्रवेश गरेका चन्देश्वर मण्डल दुई पटक गाविस अध्यक्षको रुपमा निर्वाचित भएका थिए । बाह्र वर्ष पूर्व एकिकृत सुरक्षा फौजले उनलाई नजकिकै बघचौडा बाजारमा घेरा हाली गोली हानेर मारेका थिए ।

यसैगरी क्रान्ति भन्ने दीपनारायण दाहा तथा सुन्दर साहको मृत्यु मिथिलेश्वर चौकमा प्रहरीसंग भएको दोहरो भिडन्तमा भएको थियो ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved