भारतीय प्रतिबन्धित नोट पशुपतिमा चढाइन्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 06:31:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् ।

पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ । यसरी ठूलो परिमाणमा प्रतिबन्धित भारतीय रुपियाँ सङ्कलन हुन थालेपछि पशुपति क्षेत्र विकास कोषलाई निकै समस्या परेको  छ ।

सेफमा सुरक्षित

पशुपतिनाथका सेवक (बिशेट) अरुण श्रेष्ठका अनुसार करिब सात लाख बेचल्तीका भारतीय रुपियाँ भेटीका रूपमा पशुपतिनाथमा छन् । उनका अनुसार भारत सरकारद्वारा वैधानिकता समाप्त गरिएका यी नोटको कोषले खातामा आम्दानी बाँध्ने गरेको छैन । उनले आम्दानीलाई नबाँधिए पनि नोटलाई सेफमा सुरक्षित राख्ने गरिएको बताए।

कोष रनभुल्लमा

यी भेटीलाई के कसो गर्ने हो भन्ने विषयमा कोष रनभुल्लमा छ । यस्ता नोट आउने क्रम पनि छँदैछ । अलिअलि गर्दै यी नोट जम्मा भएको श्रेष्ठले बताए। “पशुपतिनाथ, वासुकी, हनुमानजी, नवग्रहलगायत परिसरका मन्दिरमा भेटी दानपात्रमा खसाल्नुपर्ने व्यवस्था छ । दानपात्र खोलेर भेटीको गणना गर्दा बेचल्तीका भारतीय रुपियाँ भेटिन्छन्,” उनले भने।

-रसिद काटेर नगदै हिसाब बुझ्नुपर्ने विशेष पूजाका भेटीका लागि भने कोषले बेचल्तीका यी नोट लिने गरेको छैन ।

-भारतबाट आएका केही बोलबम यात्रीबाट पनि यी नोट ल्याइएको अनुमान कोषको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved