तराईमा बाढी पहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् ।
निजी विद्यालयहरुले विद्यालयको सहयोग भन्दै सरकारलाई बुभाएर नाम कमाउन विद्यार्थीसग रकम उठाएका हुन् ।
सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक बर्ष विद्यार्थीलाई दुई सय रुपैयाँ अनिवार्य ल्याउन उर्दी गरेको पाइएको छ ।रानाले भने रकम अनिवार्य नगरिएको दाबी गरिन् । कान्तिपुरमा खबर छ ।