फेरि अनशन बस्ने डा. केसीको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:21:07 AM मा प्रकाशित

प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक यथास्थितिमा पारित नगर्न राजनीतिक दल र सरकारलाई आग्रह गर्दै नत्र फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले विधेयक फियामुखी संस्करण कुनै पनि बेला संसदको पूर्ण बैठकमा प्रस्तुत गरेर पारित गर्ने कोशिस भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

२३ दिन लामो ११ औं अनसन स्थगन गरेर हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा।केसीले शनिबार उक्त दाबी गर्दै सरकारले बेला मै उक्त कुरा नसच्याए पुनस् अनशन गर्ने चेतावनी दिएका छन् ।

‘संसदको समितिमा ‘कन्ºलीक्ट अफ इन्टरेस्ट’ भएका सांसदहरु पहिला कै माफियामुखी विधेयक आइतबार संसदमा प्रस्तुत गर्दैछन् भन्ने जानकारी पाएका छौं’, डा। केसीले कान्तिपुरसंग भने, ‘यो सरासर धोका हो, वार्तामा सरकार, मध्यस्थकर्ता, नेता लगायतका बसे अब उदासिनता देखाउँदै छन् ।’

तीन करोड नेपालीको स्वस्थ्य रहने अधिकार हनन् कुनै पनि पक्षद्वारा हुन नदिइने जनाउँदै डा। केसीले भने, ‘बाढीले गर्दा अनशन स्थगित गर्ने बेला मै मैले भनेको थिएँ, माफियामुखी विधियेक पारित गर्न खोजे जुनसुकै बेला तुरन्त अनशन बस्छु र यसको जिम्मेवार प्रधानमन्त्री, दल, नेताहरु हुनेछन् ।’

यता त्रिविको कार्यकारीले आफूसंग गरेको सम्झौता विपरित गैरकानुनी तरिकाले काठमाडौं नेशनल कलेजलाई सम्बन्धन दिंदै गरेको जनाउँदै डा। केसीले आफूलाई धोका दिईरहेका सरकारको माफियातन्त्र कुनै पनि हालतमा चल्न नदिने बताए ।

उनले आइतबार पत्रकार सम्मेलन गरेर यी सम्झौता विपरितका कदमहरुको विरोधमा अनशन बस्नेसम्मको विरोध कार्यक्रम गर्नसक्ने चेतावनी दिए । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved