प्रधानमन्त्रीलाई सहीदपत्नीको आग्रह – सीमा विवादले कसैको सिन्दूर नपुछियोस्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 07:14:58 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ ।

यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन । यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ ।

‘घटनाबारे छानबिन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ’, गोविन्द गौतम मारिएको घटनाको घटनाको छानबिनबारे जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन् ।

गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी सुदूरपश्चिमका हुन् । यसकारण लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ । प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्रीले आफू र आफूले जस्तै पीडा भोगेका नेपालीका आवाज भारतसमक्ष उठाउने लक्ष्मीको विश्वास छ ।

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ । त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन् ।  नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved