यी सांसद् जो संशोधन विधेयकमा मतदान गर्न आएनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 07:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 व्यवस्थापिका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

कांग्रेसबाट सांसद गीता वाग्ले अनुपस्थित रहिन् । उनी विदेशमा रहेकाले अनुपस्थित भएको बताइएको छ । कांग्रेसकै कल्पना सोव र कविताकुमारी सरदार अनुपस्थित रहेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । ‘गीता वाग्लेका श्रीमान् बिरामी भएर अस्ट्रेलियामा हुनुहुन्छ, आउनुभएन । कविताकुमारी पनि विदेशमै हुनुहुन्छ रे । कल्पना सोव गृहजिल्लातिरै हुनुहुन्छ भन्ने छ । हामी स्पष्टीकरण लिन्छौं,’ श्रेष्ठले भने ।

प्रमुख प्रतिपक्षी दल एमालेका तीन सांसद पनि संसद्मा अनुपस्थित रहे । सांसदहरू राज्यलक्ष्मी गोल्छा, नेजमा आलम र बलबहादुर महत अनुपस्थित रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । अत्यन्त जरुरी काम र बिरामीका कारण तीनजना सांसद अनुपस्थित भएको उनले बताए ।

सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाह र योगेन्द्र घिसिङ मतदान प्रक्रियामा अनुपस्थित रहे । माओवादी केन्द्रकी सचेतक सीता नेपालीले सांसद धिताल बिरामी भएको र शाह लामो समयदेखि विदेशमा रहेकाले उपस्थित हुन नसकेको बताइन् । ‘योगेन्द्र घिसिङ पनि उपस्थित हुनुभएन । हामी उहाँसँग स्पष्टीकरण लिन्छौं,’ उनले भनिन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद श्रवणकुमार अग्रवाल पनि अनुपस्थित रहे । उनी बिरामी परेकाले उपस्थित हुन नसकेको संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । सीपी मैनाली नेतृत्वको माले र राप्रपा (प्रजातान्त्रिक)का सांसद्हरुले पनि मतदान प्रक्रियामा भाग लिएनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved