यस्तो छ लोकमानद्वारा सिर्जित लफडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 07:41:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैलाई तर्साउने, आतंकित पार्ने, बाघ झै डरलाग्दो छवि बनाएका अख्तियारका अपदस्थ प्रमुख लोकमानसिंह कार्की आफैंचाहि कति काँतर डरपोक रहेछन् भने सुरक्षाको प्रबन्ध गर्न नेपाल प्रहरीले गर्न नसक्दा मलेसिया घुम्ने योजना समेत डरले रद्द गरेको भेटिएको छ ।

उनी टंगालमै रहेको बेला १५ दिन मलेसिया र सिंगापुरका रमणीय स्थलहरु घुम्ने योजना बनाएका थिए । सोही अनुरुप आफ्ना पिए डिएपी दानबहादुर कार्कीमार्फत तत्कालीन प्रहरी प्रमुखलाई फोन गरेर सोधे, ‘म मलेसिया भ्रमणमा जान लागेको । के हुन्छ त्यहाँ मेरो सुरक्षा व्यवस्था ? इन्टरपोल मार्फत लौ सबै तारतम्य मिलाउनुस् ।’ मलेसियाको सुरक्षा नेपाल प्रहरीले हेर्ने कुरै आएन । त्यसैले आईजी उपेन्द्रकान्त अर्यालले जवाफ दिएछन् ‘के हुन सक्छ, बुझेर खबर गर्छु ।’

भोलिपल्ट जवाफ दिए ‘मैले सोधें, उनीहरुले हाम्रो काम अपराधी पछ्याउने मात्र हो । अरु कुरा हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । रेड अलर्ट जारी भएका बाहेक व्याक्ति व्यक्तिको बारेमा चासो राख्न मिल्दैन भने हजुर !’ त्यसपछि लोकमानले मलेसिया भ्रमण रद्द गरेको अख्तियार आयुक्तले  बताए । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved