राष्ट्रपतिबाट सेना परिचालन गर्न स्वीकृति

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Aug 25, 2017 | 06:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको चुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । प्रदेश नम्बर २ का १३६ वटा स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजनामा नेपाली सेनासहितका सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न अनुमति दिनुभएको हो ।
नेपालको संविधान २०७२ को धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved