
भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने बिषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दै छन् ।
आईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोहिारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।
मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दूरी एक सय ३० किलोमिटर हुनेछ । अन्नपूर्ण पोस्टमा खबर छ ।