प्रधानमन्त्री देउवासंग दोक्लमका बिषयमा छलफल नभएको भारतीय विदेशसचिवको दाबि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2017 | 08:11:47 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका विदेश सचिव एस.जयशंकरले दोक्लममा भारत र चीनबीच बढेको द्वन्द्वका विषयमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुनै कुराकानी नभएको दाबी गरेका छन् ।
‘हिजो र आज भएका दुवै भेटमा यस विषयमा कुनै पनि कुराकानी भएन,’ उनले एक पत्रकार सम्मेलनमा भने । भारतीय अर्धसैन्य दस्ताले अतिक्रमण गरेको नेपाली भूभाग कालापानीका विषयमा पनि कुराकानी भयो कि भनी सोधिएको प्रश्नको उनले उत्तर नै दिन चाहेनन् ।

जयशंकरले लामो समयदेखि अनिश्चित बनेको सार्कको आसन्न १९औं शिखर सम्मेलनबारे समेत छलफल नभएको बताए । सार्कको अध्यक्ष भएको नाताले नेपालले यो विषय भारतसमक्ष राख्ने अपेक्षा गरिएको थियो । तर सम्मेलनबारे कुराकानी नभएको उनले पत्रकारलाई जानकारी दिए । पत्रकार सम्मेलनको आफ््नो भाषणमा भने प्रधानमन्त्री देउवाले सार्क र बीबीआईएन (बंगलादेश, भुटान, इन्डिया र नेपाल रहेको उपक्षेत्रीय साझेदारी) को विषय उल्लेख गरेका थिए ।

भारतीय विदेशसचिवले मधेसवादी दलका माग र संविधान संशोधनको विषयमा आफ््नो धारणा निरन्तर एउटै र स्पष्ट रहेको बताएका छन् । ‘समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई नेपालले जारी राख्नुपर्छ भन्ने हाम्रो पोजिसन स्पष्ट छ,’ नेपालले संविधान जारी गर्न लाग्दा काठमाडौं आएर त्यसलाई रोक्ने असफल प्रयास गरेका जयशंकरले भने ।

जयशंकरले नेपालको तराई र भारतको विहारमा गएको बाढीका विषयमा छलफल भएको बताए । उनले बाढी नियन्त्रण गर्न समन्वय गर्ने, संयुक्त अनुगमन गर्ने र दीर्घकालीन समाधान गर्नेबारे छलफल भएको बताए । यस्तै, सुरक्षा र रक्षा मामिला विषयमा समेत दुईपक्षीय भेटघाटमा विस्तृत छलफल भएको उनले खुलाए । ‘खुला सिमानाको दुरुपयोग हुन सक्ने भएकाले थप कदम चाल्नुपर्छ र सतर्कता अपनाउनुपर्छ भन्ने विषयमा कुराकानी भयो । त्यसैगरी खुला सिमानाले अर्काे पक्षको सुरक्षामा असर नगरोस् भन्नेमा पनि कुराकानी भयो,’ उनले भने । जयशंकरले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा तालिम प्रदान गर्ने विषयमा समेत भारतले जोड दिएको बताए ।  कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved