कांग्रेसमा यसरी उदाए देउवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2017 | 08:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

 १३औँ महाधिवेशनमा देउवाका प्रतिस्पर्धी कोइराला थिएनन् । रामचन्द्र पौडेलसँगको टक्करमा देउवाले बाजी पार्दै २० वर्षपछि कोइरालाको एकछत्र विरासत तोडिदिए ।

०५३ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराईपछि १४ वर्ष कांग्रेस चलाएका थिए । कार्यबाहक हुँदै सुशील कोइरालाले पूर्ण एक कार्यकालसहित ६ वर्ष कांग्रेस चलाए ।

तर, २० वर्षपछि कोइराला परिवारबाट कांग्रेसको राजनीति देउवाले आफ्नो हातमा ल्याए । १३औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका वेला तत्कालीन सभापति सुशीलको २५ माघ ०७२ मा निधन भयो । सभापतिमा अघि बढ्ने तयारीमा रहेका सुशीलको निधनपछि कोइराला परिवारबाट नेतृत्वमा को जाने भन्ने संकट आइलाग्यो ।

महाधिवेशनको झन्डै एक महिनाअघि अकस्मात सुशीलको निधन भएपछि तत्कालै कोइरालाहरू तयारी अवस्थामा थिएनन् । गिरिजापुत्री सुजाता र बिपीपुत्र शशांकले नेतृत्वका लागि इच्छा गरे पनि सुजाता खुलिन् । तर, शशांक खुलेनन् ।
कोइरालाहरू अघि नबढ्दा उपसभापति रामचन्द्र पौडेल स्वतः सभापतिका दाबेदार बने । उम्मेदवारी दर्ता गर्ने एक दिनअघि मात्र पौडेललाई कोइराला परिवारले अघि सारे । पहिलो चरणमा देउवा र पौडेल दुवैले आवश्यक मत ल्याउन सकेनन् ।

कृष्णप्रसाद सिटौलाले भोट काट्दा दोस्रो चरणमा सभापतिको निर्वाचन भयो । सिटौलाले देउवाको समर्थन गरे । पौडेल पराजित भए । महामन्त्रीमा भने देउवा पक्षका अर्जुननरसिंह केसीलाई पराजित गर्दै शशांक कोइराला निर्वाचित भए । सभापति, संसदीय दलको नेता हुँदै देउवा प्रधानमन्त्री बने ।  नयाँ पत्रिकादैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved