घर आउँदा न सम्पत्ति न श्रीमती…

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 05:51:22 AM मा प्रकाशित

laxmi  sunrise bank

साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगरद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एकम सातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ ।पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगदसहित उनी वेपत्ता भएकी हुन् ।

यस्ेगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगर र दुई तोला सुनसहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।माथिका घटना उदाहरण मात्र हुन् । यस्त प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् । राजधानीमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved