ठेकेदार मन्त्री बने तर बनेन स्वास्थ्यचौकी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 06:08:34 AM मा प्रकाशित

laxmi  sunrise bank

गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन ।

-सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

-०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति-राप्ती-उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

स्थानीय चिन्तित 
वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।

गाउँ क्षतविक्षत
जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved