नेपाललाई ट्रान्जिट बनाउन दुवै देशको चासो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 06:14:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको  छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालको विकासमा दुई छिमेकी नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । ‘चीनले भन्दा छिटो काठमाडौंमा रेल ल्याउन अब भारत लाग्छ । १० वर्षभित्र उत्तर दक्षिण रेलले जोडिन्छ।’

-चीनको विशेष चासो रहेको पोखरालाई पछिल्लो दिनमा भारतले विशेष महत्व दिँदै आएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी १९ कात्तिक ०७३ मा पोखरा पुगेका थिए ।

-चीनले कोरालाबाट पोखरा, लुम्बिनी हुँदै भारतको गोरखपुरसम्मको बजारलाई ध्यानमा राखेर पोखरा लुम्बिनी रेलमार्गमा चासो दिएको हो । बुद्धधर्म मान्ने चिनियाँका लागि यो मार्ग धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।

-भारतले यही मार्गलाई एक्सप्रेस सडकका रूपमा विकास गर्न चाहेको हो । सरकारले चीनलाई सिगात्से केरुङ, काठमाडौंं, पोखरा लुम्बिनीसम्मको रेलमार्गका लागि प्याकेजमा राखेर निर्णय गर्न आग्रह गरेको छ ।

-प्रधानमन्त्री देउवाको भ्रमणका बेला भएको संयुक्त विज्ञप्तिमा नेपाललाई ट्रान्जिट बनाउने कुरा उल्लेख छ । विज्ञप्तिमा ३३ औं बुँदामा भनिएको छ, ‘नेपालमा ठूलो मात्रामा कार्गो लैजाने र नेपाललाई ट्रान्जिट बनाएर यातायातका साधन चल्न दिइनेछ ।’नेपाललाई ट्रान्जिट बनाएर भारतले ठूलो मात्राको कार्गो कहाँ लैजाने भन्ने विषयमा विज्ञप्ति मौन छ ।

-नेपालको भूमिलाई ट्रान्जिटका रूपमा प्रयोग गर्न अहिले दुवै देश लालायित छन्् । यसका लागि उनीहरूले नेपालको पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्ने बाटो खोज्न थालेका हुन् ।

-सुनौलीलाई पोखरासँग जोड्ने सिद्धार्थ राजमार्ग भारतले बनाएको हो । चीनले यो बाटो भएर रेल बनाउन खोज्दै छ भने भारतले पोखरा हँुदै कोरलासम्म पुग्ने द्रुतमार्गको अवधारणा अगाडि सारेको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved