जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाइयो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 06:19:05 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

ती मध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् ।सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

‘यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो :‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो ।’ नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved