यसकारण यसपालिको दसै महंगो हुदैछ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 05:35:18 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौ । तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ता मारमा परेका छन् । दसै नजिकिदै जाँदा उपभोक्ता पनि मारमा पर्ने सम्भावना देखिएको छ ।

६२८ कन्टेनर बन्दरगाहमै

साउनको अन्तिमसाता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको छ सय २८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा रोकिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणेश लाठले बताए । रेल सेवा बन्द भएपछि थुप्रिएको कन्टेनर रेल र्याक उपलब्ध नहुँदा ढुवानी हुन नसकेको हो ।

कङ्करको ढिलासुस्ती

कोलकातबाट ढुवानीको जिम्मा पाएको भारतीय रेलवेको भगिनी संस्था कङ्करको ढिलासुस्तीका कारण पनि आयातकर्ताहरुले अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । यसले दसैको मुखमा बजारमा महँगी बढ्ने देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved