बाढी पीडितहरुमा भाइरल ज्वरो, खानलाई औषधी छैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 04:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारुलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न घरमा खानेकुरा नै । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ । अनि कसैलाई चिलाउने रोग छ ।

केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो । एउटा त्रिपाल टाँगेर उनीहरु अहिले त्यसैमा दिन काटिरहेका छन् ।

राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि व्यथा उस्तै छ । उनलाई पनि ज्वरो आइरहेको छ । गाउँमा भएका स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता बिरामीलाई उत्तिकै सास्ती भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved