शिर्ष नेताको निर्देशनमा नेशनल मेडिकल कलेजलाई सम्बन्धन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 05:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डौ ।  प्रमुख दलका शीर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ। 

विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन्।

‘हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो। त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन्,’ त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले भने,‘हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं। उहाँहरुले नै ९निर्णय भए पनि० अहिले बाहिर नल्याउनुस् भन्नुभयो। तर, तीन सातापछि उहाँहरुले नै निर्णय ‘लिक’ गरिदिनुभयो।’ यो समाचार आजको कान्तिपुरमा छापिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved