दुइ देशको भ्रमण सकेर फर्कनसाथै प्रधानसेनापति फेरी किन क्यानडा र दुवइ जादैछन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 05:28:49 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीनदिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा भाग लिन उनी शनिबार त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको  आजको कान्तिपुरमा खबर छ ।

नेपालको धारणा प्रस्तुत

क्यानडाको भिक्टोरियामा सम्मेलनमा इन्डो–एसिया प्यासिफिकको अवस्था, उग्रवादरचरमपन्थीको नियन्त्रण तथा रोकथामको तयारी र शान्ति सहकार्यजस्ता विषयका फरकफरक सत्रमा प्रधानसेनापति क्षत्रीले नेपालको धारणा प्रस्तुत गर्नेछन् ।

यूएई पनि जाने

त्यहाँबाट उनी यूएई प्रस्थान गर्नेछन् । समकक्षी हमाद मोहम्मद थानी अल रुमैथीको निमन्त्रणा यूएई पुगेर उनले सैनिक प्रमुखहरूको वार्षिक सुरक्षा सम्मेलनमा सहभागिता जनाउने छन् । प्रधानसेनापति क्षत्री भदौ २८ मा स्वदेश फर्कने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved