चौतर्फी दबाबपछि नेसनल मेडिकल कलेज सम्बन्धन स्थगन, कलेज पनि बन्द हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 05:13:31 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ। त्रिवि कार्कारी परिषद्को शनिबार बसेको आकस्मिक बैठकले कलेजको सम्बन्धन हाललाई स्थगन गरेको हो।

स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले काठमाडौं नेसनलको शिक्षण अस्पताल वैध नभएको भनी प्रतिवेदन दिएपछि त्रिविले सम्बन्धन स्थगित गर्ने निर्णय गरेको हो। गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो। शनिबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तावित कलेजको शिक्षण अस्पताल पनि बन्द गराउने निर्णय गरेका छन्।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उपकुलपति तीर्थ खनियाँलाई बोलाएर कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिँदै नभए तत्काल बर्खास्त गर्ने चेतावनी दिएपछि खनियाँले कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएका थिए। सो बैठकबाट उनले कलेजका सम्बन्धमा छानबिन गर्न समिति गठन गरी हाललाई कलेजको सम्बन्धन स्थगन गर्ने निर्णय गराएका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved