९ करोड कर तिर्न अटेर गर्ने अन्सारी महानगर प्रमुखका उम्मेदवार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 05:10:25 AM मा प्रकाशित

laxmi bank

पर्सा  । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ। अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछी आफूले कलेजको प्रबन्ध निर्देशक पद छाडिसकेको बताएका छन्।

कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकालाई कर नतिरेको विषयमाथि टिप्पणी हुन थालेको छ। ुमहानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरका लागि चुनावमा लड्न लागेको देख्दा अचम्म लागेको छ,ु युवा अभियानकर्मी आसु सर्राफले भने, ुउनले मतदातालाई मुर्ख ठानेका हुन् कि आफूलाई धेरै बाठो, बुझ्न गाह्रो भयो।ु तत्कालीन उपमहानगरपालिका कार्ययालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको आजको नागरिक दैनिकमा खबर छ ।

महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा कर बक्यौता छ। ुकरदाताको घरजग्गा मूल्याङ्कन तथा कर निर्धारण विवरणु सहितको ३५ दिने पत्रको जवाफ नदिएपछि तत्कालीन उपमहानगरपालिकाको कार्यालयले २०७० वैशाख २३ गतेको गोरखापत्र दैनिकमा बक्यौता असुलीका लागि सार्वजनिक सूचनासमेत छपाएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved