संचयकोषका संचयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 02:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

संचयकोषका संचयकर्ताले अबदेखि एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएका छन। नेपाल क्यिरिङ हाउस र सञ्चयकोष विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि विद्युतीय भुक्तानीको बाटो खुलेको हो।

सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रदानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता भएपनि संचयकर्ताका सेवाग्राहीले यो सेवा लिन साउन एक गतेनै पर्खनुपर्ने सञ्चयकोषका मूख्य प्रबन्धक जिवन कटवालले जानकारी दिए । पहिलो चरणमा भुक्तानी मात्र गर्ने भएपनि यसको प्रयोग पछि क्रमशः संकलन पनि विद्युतीय मार्फत नै हुने उनले बताए । 

कोष अहिले भुक्तानीको परिक्षणमा रहेको छ। परिक्षण सफल भएको अवस्थामा सञ्चयकोषबाट रकम संकलनको काम पनि एनसिएचएल मार्फत नै हुने बताइएको छ। 

सम्झौता अनुसार कर्मचारी सञ्चयकोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबार स्वचालित रुपमा गर्नेछन् । कोषले गर्ने भुक्तानीलाई लाभग्राहीको खातामा सोझै जम्मा गर्न सकिनेछ । सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने  सञ्चयकोष किस्ता आदिको भुक्तानी समेत अनलाइन वा कुनै पनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था भएको छ । कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन् । यसमा ३० हजार संस्था आवद्ध छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved