जापान र केरियाबाट रकम खल्ती मै पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 04:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती मोवाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो । 

खल्तीले यी दुइ मुलुकबाट मेवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ । 

यससंगै जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेसको एजेन्टकहाँ गएर सिधै नेपालमा अफन्तको खल्ती मेवाइल खातामा रकम पठाउन सक्ने छन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने जनाइएको छ । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् जनाइएको छ । 

सिटिका जापानमा टेकियो सिन्जुकु–कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी–डो र ग्योंसांनाम–डोमा शाखाहरू रहेका छन् ।

सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेको जनाइएको छ । 

खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाइ निकै सहज हुने बताए । ‘मोवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाद्यता थियो,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियो । अब मोवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जो टार्न सजिलो हुनेछ ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved