खल्तीले ल्यायो कारोबार रकम दोब्बर हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 11:27:21 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ । कम्पनीले मोवाइल एप र खल्ती डटकम वेबपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि रकम डबल हुने उक्त योजना ल्याएको हो । 

असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ भने विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुने जनाइएको छ ।

योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण  प्रभाणित गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । खल्तीको सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने उक्त योजनामा ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved