'आइएमई पे' मार्फत पठाएको रकम तुरुन्तै जम्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 07:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । ग्राहकले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी सेवाको फाइदा लिन सक्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यो व्यवस्था आइएमईको सेवाग्राहीलाई उच्चतम सेवा प्रदान गर्ने अर्को महत्त्वपूर्ण कदम भएको कम्पनीले दावी गरेको छ । विश्वका २०० भन्दा बढी देशहरुमा अवस्थित व्यवसायिक साझेदारहरुमार्फत समेत उपलब्ध हुने जनाइएको छ । कम्पनीका अनुसार विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ । 

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved