सेलपे प्रयोग गर्दा सुजनले जिते सामसुङ्ग ग्यालेक्सी मोबाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 07:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेलपे सेवाले ल्याएको ‘दिस २०२० गेट सामसुङ्ग ग्यालेक्सी एस२०’ योजनाको विजेता सुजन कार्कि बनेका छन् । यससंगै कार्किले सामसुङ्ग ग्यालेक्सी एस२० प्राप्त गरेका छन् । 

सेलपेको सेवा प्रयोग गर्ने ग्राहकबाट लक्की ड्र गरेर विजेता घोषण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका ब्रान्ड एम्बासेडर मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले लक्की ड्र गरेका थिए ।  कम्पनीले न्युनतम २० को रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गर्नेलाई यस योजनामा समेटेको जनाएको छ ।

उक्त योजनाबाट एक जनाले सामसुङ्ग ग्यालेक्सी एस२० प्राप्त गरेको र हरेक हप्ता ७ जनाका दरले जम्मा ३५ जना ग्राहकले पनि प्लेलेस, एड्रेस लङगर, इनर्जीजर र एक्स एजबाट विभिन्न उपहारहरु पाएको कम्पनीले जनाएको छ । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved