एनसीएचएलको कारोबारमा २२ प्रतिशतले बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 12:00:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले आर्थिक वर्ष.२०७६।७७ असार मसान्त भित्र कुल २ करोड ६ लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । कम्पनीले असार मसान्त भित्र गरेको उक्त रहकम गत आर्थिक वर्ष २०७५।०७६ को भन्दा २२.२ प्रतिशतले बढी हो । 

विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६ खर्ब ८ अर्ब रुपैयाँ बराबर रहेको कम्पनीले जानकारी दिएको छ । यस सँगै  एनसिएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धी दर ५८.८ प्रतिशत पुगेको छ । हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत ३६ अर्ब २० करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका कम्पनीले जनाएको छ ।  

एनसिएचएलका एनसिएचएल–ईसीसी, एनसिएचएल–आईपीएस र कनेक्टआईपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्टआटीजीएस पनि संचालन गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी पीएसओ, लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।

यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसिएचएलका प्रणालीहरु मार्फत भएका कम्पनीले जानकारी दिएको छ ।  

लकडाउनको अवस्थामा पनि एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाई नन–क्यास कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो । लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका कम्पनीले जानकारी दिएको छ । 

एनसीएचएल–ईसीसइ र एनसीएचएल–आईपीएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आईपीएसमार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै रकम ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ । यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको आईपीएसमा  असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको कम्पनीले जानकारी दएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन श्रावण १ गतेबाट एनसिएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ ।  

एनसिएचएल, नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसिएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved