स्मार्ट च्वाइसको क्यूआर सेवा सञ्चालनमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 03:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टच्वाइस टेक्नोलोजिजले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको हो ।

नेपाल राष्ट्र बैंकको नगद र हित काराबारलाई बढावा दिदैं वित्तीय कारोबार अघि बढाउने नीतिअनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवाप्रदान गर्न यो प्रणाली सक्षम रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताएका छन् । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदानगर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको उनले बताए ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरलढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त क्यूआरसी भुक्तानी प्रणालीबाट आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुले इएमभिको स्टान्डर स्ट्याटिक वाडाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सकिने जनाइएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कंपनिले जनाएको छ । राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved