कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी कनेक्ट आईपीएसबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 06:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने कर्जाको भुक्तानी कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ । कोषले प्रदान गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी कनेक्ट आईपीएस प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको हो ।

यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुने कम्पनीले जानकारी दिएको छ ।   

उक्त डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यममार्फत कनेक्ट आईपीएसबाट प्रणालीमा आबद्ध ५५ वटा बैंक तथा वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने जनाइएको छ । जसका निम्ति ऋृणीले कनेक्ट आईपीएस प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानीगर्न सक्ने जनाइएको छ । 

एनसीएचएलले एनसीएचएलईसीसी, एनसीएचएलआईपीएस, कनेक्टआईपीएस ईपेमेन्ट, कनेक्टआरटीजी ईपेमेन्ट, कनेक्ट आरटीजी र एनपीई प्रणालीहरु सञ्चालन गरेको छ । त्यस्तै आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवाप्रदानगर्दै आएको छ । 

एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीई मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस  र एनसीएचएल आइपीएसको सञ्जालमा क्रमश ५५ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved