नेपाल क्लियरिङ्ग हाउसमा नेपाल रेमिट आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 12:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. आवद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको हो ।  

यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस प्रणालीमार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिने जनाईएको छ । 

त्यस्तै,  अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएभएल आईपीएसमार्फत तोकिएको समय सीमामा मध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु  गर्न सकिनेछ । नेपाल रेमिट देशका मुख्य रेमिटेन्स कम्पनीहरु मध्येको एक हो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved