सेलपे CellPay ले ‘सेलपे सेलसबेरी अफर’ ल्याएको छ । कम्पनीले सेलसबेरी डिपार्टमेन्ट स्टोरसंग ग्राहकको सुविधालाई ध्यानमा राखी कार्तिक ३० गतेसम्म लागु हुनेगरी उक्त अफर ल्याएको जनाएको हो ।
अफर अन्तर्गत ग्राहकहरुले उक्त स्टोरको २३ वटा आउटलेटमा कुनैपनि सामान खरिद गरी सेलपेबाट स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५ सय रुपैयाँ) छुट प्राप्त हुने कम्पनीले जनाएको छ । उक्त अफरमा सहभागी भई छुट पाउनको लागि भुक्तानी गर्दा सेलपे एपमा रहेको पे मर्चेण्ड मा क्लिक गर्नुपर्ने हुन्छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो ।