ईसेवा बन्यो आईएसओ मान्यता पाउने पहिलो डिजिटल वालेट कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 01:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड आइएसओ प्रमाणित भएको छ । कम्पनीले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको हो । यससंगै इसेवा आईएसओ मान्यता पाउने पहिलो डिजिटल वालेट कम्पनी बनेको छ ।

आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटाले बताए ।

आइएसओबाट प्रमाणित भएसँगै सीईओ सापकोटाले भने, ‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली, गोपनियता र  सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छाँै । यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१  तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो ।’  

आइएसओ  २७००१ः२०१३ (हालको संस्करण)  संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । 

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved