खानेपानीको महसुल आइएमईपे बाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 03:34:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र सर्लाहिको लालबन्दी खानेपानीबीच बिल भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्ने छन् । 

सम्झौता आइएमईका प्रदेश २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।सम्झौताबाट ६ हजार ५ सय १४ ९६५१४० घरधुरी लाभान्वित जनाइएको छ । 

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved