एनपिएस र एनसीएचएलबीच भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 07:19:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपालक्लियरिङ्ग हाउस ( एनसीएचएल) बीच नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता भएको छ । उक्त दुई कम्पनीबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता भएको हो ।

सम्झौता पश्चात एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियल टाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसै गरी आगामी दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनिप्रयोग गर्न सक्ने सम्झौतामा उल्लेख छ ।  

एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved