इसेवाबाटै लक्ष्मी लघुवित्तको किस्ता तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 12:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उदेश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इसेवामा आबद्ध गर्दै लगेको छ ।

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ। 

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो भने लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved