राजस्व कार्यालयको कर इसेवाबाट तिर्न सकिने, लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 05:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवाबाट दाखिला गर्न सकिने भएको छ । करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो । इसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको हो ।

इसेवा एकाउन्ट भएका करदाताले घरबाटै कर तिर्न सकिने छ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ । 

इसेवामार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले ‘सरकारले नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उदेश्य राखेको थियो । सरकारको यो नीति कार्यान्वयन गर्ने अभियानमा छौँ’ भने । 

हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ ।  इसेवामार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । 

त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरि इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ । आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पुरा भएको भनेर देखिनेछ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved