‘आइएमई पे’ अब नयाँ भर्सनमा, थपिए यस्ता सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 06:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे’ एपमा नयाँ सुविधा थपिएको छ । एप इन्टरफेस र थप सेवाग्राहीमैत्री बनाइएको बताईएको छ । 

नयाँ र सुधारिएको डिजाइन 

कम्पनीले आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको बताएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ । चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले कम्पनीले लिएको छ । 

पैसा बढ्ने सुपर वालेट 

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आफ्नो मुख्य उदेश्य रहेको आइएमई पे ले बताएको छ । देशको ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा कम्पनीले अघि सारेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ । 

पैसा पठाउने सेवा निशूल्क 

उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्ने छन् । यसका लागि पैसा पठाउने र पाउने दुबैले ‘आइएमई पे’ डाउनलोड गर्नुपर्ने हुन्छ ।

 बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू 

आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार एक रुपैयाँबाट सेवाशूल्क शुरू हुनेछ । 

एउटा ट्रान्जेक्सनको सेवाशूल्क निशूल्क 

आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ । 

टपअपमा पाँच प्रतिशत क्यास ब्याक 

आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved