नेपालमा भुक्तानी सेवा प्रदायकको संख्या १८ पुग्यो (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 06:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकको संख्या १८ पुगेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर र पुस महिनामा थप १-१ कम्पनीलाई लाईसेन्स दिएसंगै भुक्तानी सेवा प्रदायकको संख्या १८ पुगेको हो 

नेपाल राष्ट्र बैंकले मङ्सिरमा गोल्डमाइन बिजनेश ग्रुप प्रालि र पुस महिनामा वी पे प्रालिलाई लाईसेन्स दिएको हो । गोल्डमाइनले डि पिस  नामक एप्स बाट र वी पेले सुपर याप यो पे एप मार्फत सेवा प्रदान गर्ने गरी राष्ट्र बैंकले लाईसेन्स दिएको हो । गोल्डमाइनको चुक्ता पुँजी १ करोड २० लाख रहेको छ भने वी पेको चुक्ता पुँजी ६ करोड रहेको छ । 

राष्ट्र बैंकले ७७ सालमा मात्र ५ कम्पनीलाई लाईसेन्स प्रदान गरिसकेको छ । गोल्डमाइन र वी पे अगाडी राष्ट्र बैंकले कुराकनी पे, पेवेल नेपाल र जिएमई पे लाई लाईसेन्स दिएको थियो 

ईसेवा र आईएमई पे भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाउने सबैभन्दा पुराना कम्पनी हुन् । यी दुवैले राष्ट्र बैंकबाट २०७४ असार ५ गते लाईसेन्स पाएका थिए 

हेर्नुस लाईसेन्स पाएका भुक्तानी सेवा प्रदायकहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved