कतारबाट अब सिँधै आइएमई पे मा पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 04:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको यूनिमोनी कतार र नेपालको आइएमई लिमिटेड र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफर सम्झौता भएको छ । समझदारीपछि यूनिमोनी कतारमार्फत रेमिट्यान्स पठाउने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम पाउन सक्ने भएका छन् । 

यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्राप्त भएको आईएमईले जनाएको छ । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने भएको हो । 

आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले यूनिमोनी कतारमार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार ६० रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved