'डिजी पे'ले पायो भुक्तानी सेवा प्रदायकको अनुमति, डिजिटल भोटिङको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 03:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।

अनुपति पाएपछि डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्ने बताए । उनका अनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।

डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्स), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङ सहितका कार्य सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ । 

नेपालमा डिजिटल भोटिङ सेवा सुरु गर्ने डिजी पे पहिलो वालेट भएको  प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले बताए  ।

नेपाल राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरि बलगायतका विशेषताहरु थप्ने उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved