रिचार्जरबाट राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो अक्सिजन कन्सन्ट्रेटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 05:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने विभिन्न ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।  

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका विभिन्न ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो । 

विभिन्न ब्राण्ड मध्ये काइया ZY-5CA ५ लिटर १७.८ के.जी, QJ–ZY10La  १० लिटर ३६ के जी र Carer ब्राण्डको ५ लिटरको CR–F5SW , CR–P5W  अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय बनेका छन् । 

लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविष्कार केन्द्रबाट जाँच पास भएको २ वर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 

घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् ।  

बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।  

पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पी पी ई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुनेछ । 

एन आई सी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved