खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टीग्रेट गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 06:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) निःशुल्क एपिआई  उपलब्ध गराउने भएको छ । महामारीको बीचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको  खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको खल्तीले जनाएकाे हाे । 

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ ।यो सगै व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ । यो सेवा यहीँ असार महिना भित्र खल्ती संग सम्झौता गर्ने मर्चान्टहरुको हकमा लागु हुनेछ । 

आफ्नो मरचान्ट ड्यासवोर्ड मा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । अब खल्ती एसडीके÷एपिआई बाट मर्चान्टहरुले सजिलै ईबैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । 

उक्त विषयमा खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले भन्ने “हामीले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि वहाँहरुको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।  खल्तीलाई इन्टीग्रेट गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरुको रोजाइमा पर्ने कुरामा हामी  विश्वस्त छौँ । उद्यमीहरुलाई बढी भन्दा बढी सहुलियत र सुविधा दिनुनै खल्तीको अठोट रहेको छ” ।

खल्ती पेमेन्ट गेटवेको  प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेट गर्ने झन्झटबाट मुक्त हुने जनाइएको छ ।  खल्तीको मर्चान्ट अकाउन्ट  रजिस्टर गर्नको लागि कम्पनि रजिस्टर भएको हुन पर्छ । Khalti.com को होम स्क्रीनमा रहेको “मोर” अप्सनमा गई “मर्चान्ट साइन अप” छनोट गरि आफ्नो सम्पूर्ण विवरण भरि रजिस्टर गर्न सकिने छ ।  त्यस पश्चात  लग ईन गरि आफ्नो आफ्नो सम्पूर्ण विवरण हरु हेर्न सकिनेछ ।  

’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने खल्तीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved